डाक्टर सुचनासँग अनलाइन परामर्श लिनुस

Abhishek Aryal:Nepal:

काठमाडौं । कोरोनाबाट बच्नको लागी  विभिन्न डाक्टरले अनलाइनबाट परामर्श दिइराखेका छन् ।त्यसैबीच अब छाला सम्बन्धी समस्या भए अनलाइन परामर्श लिन सकिने भएको छ ।  यदि तपाइलाई छाला सम्बन्धि कुनै समस्या भएमा छालारोग विशेषज्ञ डाक्टर सुचना मरहठ्ठासंग  परामर्श लिन सकिन्छ । डाक्टर सुचनाले अनलाइन परामर्शको लागी फेसबुक पेज बनाएकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन् - जानकारीको लागिस् एउटा कत्व्यनिष्ठ छालारोग विशेषज्ञको हैसियतले मैले यस कोभिड- लकडाउनको बिषम परिस्थितिलाई ध्यानमा राखी, कोही कसैले पनि छालारोगको समस्याबाट पिंडित हुन नपरोस् भन्ने सोचेर अनलाइन परामर्शको लागी यो फेसबुक पेज बनाएकी छु। जो कोहीले पनि यो पेजको मेसेज बक्समा गई आफ्ना छालारोग सम्बन्धि समस्या राख्न सक्नुहुन्छ। यो खबरलाई सक्दो सेयर गरी आवश्यक व्यक्ति सम्म पुर्याउनु होला। साथैस यो पेजमार्फत म छालारोग सम्बन्धि बिभिन्न जनचेतनामूलक सामग्रीहरू पनि पस्कदै जाने जमर्को गर्नेछु। यहाँहरूको चर्म स्वस्थ राख्नु मेरो धर्म

प्रतिकृया दिनुहोस्

Post a Comment

0 Comments